(नेपाल क्राईम)
दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाइ उद्योगमा लागेको आगो करिब ४० घण्टापछि नियन्त्रणमा आएको छ।
दाङका प्रहरी निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहाले मंगलबार दिउँसो करिब ४ बजेतिर उद्योगमा लागेको आगो नियन्त्रणमा आएको बताए।
सोमबार बिहान करिब १ बजेदेखि लागेको आगो मंगलबार दिउँसो ४ बजेतिर नियन्त्रणमा आएको हो।
‘आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ,’ उनले भने, ‘भित्र अलि अलि धुँवा भने आइरहेको छ।’