(नेपाल क्राईम)
दाङको घोराहीमा पोखरीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१७ भैंसाहीकी ३९ वर्षीया सीता खनालको स्थानीय मानव निर्मित पोखरीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार दिउँसो २ बजे खनाल मृत फेला परेकी थिइन्।