(नेपाल क्राईम)
चोरी गरेको कसुरमा साढे १ बर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका –१ नयाँ टोलका जाहिद मुसलमान पक्राउ परेका हुन्।
जिल्लाका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीका अनुसार चैत ३ गते मुसलमान पक्राउ कपिलबस्तु – १ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका थिए ।