(नेपाल क्राईम) धनुषाको सबैला नगरपालिकामा ‘चोक’ नामकरणसहित बोर्ड राख्ने विषयमा दुई पक्षीय झडप भएको छ । सबैला नगरपालिकास्थित भठिहनमा एक पक्षले ‘यादव चोक’ नामकरण गरिएको बोर्ड राख्न खोज्दा विवाद भएको धनुषा प्रहरीले जनाएको छ । अर्को पक्षले यादव चोक राख्न नमान्ने भएपछि विवाद उग्ररुप लिएको थियो । दुई पक्षबिच झडपलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।