फिल्डमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

फिल्डमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुली, घ्याङलेख गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय नेवाङ्ग तामाङ रहेको प्रहरीले जानकारी दिएको छ।

उनलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।