(नेपाल क्राईम) बुद्धशान्ति गाउँपालिका-३ आठ नम्बर चोक बस्ने ४३ वर्षीय बलबहादुर फागो लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।