भाग्न नपाएपछि बालबन्दीले लगाए बाँकेको  सुधारगृहमा आगो,

(रिशव वैश्य) बाँके                                                            बाँकेको जयेन्दु बाल सुधारगृहमा विवाद भएपछि अवस्था तनावग्रस्त बनेको छ । डडुवा गाउँपालिकाको सुधारगृहबाट भाग्न खोजेका बालबालिकाहरुलाई प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको हो ।त्यसक्रममा बालबन्दीले सुधारगृहमा आगो लगाएका छन्।एक आपसमा कुटपिट गर्दा ६ जना घाइते भएका छन् ।घाइतेको उपचार भेरी अस्पताल नेपालगञ्जमा भइरहेको प्रजिअ जोशीले जान्करि दिए  ।  आपसमा भएको झडपपछि सुधारगृहमा रहेका दुईजना फरार रहेका छन् ।घटनापछि शनिबार बिहान त्यहाँ पुगेका प्रहरीमाथि समेत इँट्टा प्रहार भएको छ । त्यसक्रममा तीन जना प्रहरी घाइते भएका छन् ।