१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

(नेपाल क्राईम)

उदयपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

रौतामाई गाउँपालिका-६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलकबहादुर अधिकारी र ३८ वर्षीय दीपक राउतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।उनीहरूले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।