डुबेर बर्दियामा दुई वर्षीया बालिकाको मृत्यु

(नेपाल क्राईम)                                                          पोखरीमा डुबेर बर्दियामा दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मधुवन नगरपालिका-९ गणेशटोलस्थित माछा पोखरीमा डुबेर कञ्चनपुर भीमदत्त नगरपालिका-१९ बाघफाँटा घर भएकी पुजा विक डगौराकी छोरी दुई वर्षीया बिबीसा डगौराको मंगलबार बिहान मृत्यु भएको हो ।