नेकपा एमाले का केन्द्रीय सदस्य सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा  एक जना युवक पक्राउ

(नेपाल क्राईम)

सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । सो आरोपमा रुपन्देही सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।