एजेन्सी । दक्षिण अमेरिकाको चिलीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसको केन्द्रविन्दु सान पेड्रो डे अटाकामा शहरबाट १०४ किलोमिटर दक्षिण पश्चिममा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो बोलिभियाको सिमानामा अवस्थित सहर हो । भूकम्पको गहिराई ९३ किलोमिटर रहेको जनाइएको छ ।