नक्कली भारतीय नोटसहित एक जना पक्राउ

(नेपाल क्राईम)

प्रहरीले एउटै नम्बर भएका नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पाल्पाको रैनादेवी गाउँपालिका–४ का यानबहादुर बस्नेत क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनको साथबाट दुई हजार दरका नौ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अर्घाखाँची प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।