(नेपाल क्राईम)
३ सय किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।साँगुरीगढी गाउँपालिका–६ कामछेकस्थित भेडेटार रविराँके सडकबाट अवैध लागुऔषध गाँजा करिब ३ सय किलोग्राम सहित मोरङ विराटनगर महानगरपालिका–१५ बस्ने २६ वर्षीय प्रिन्स कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.१ च ३४७८ नम्बरको कारलाई जाँच गर्ने क्रममा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनलाई पक्राउ गरेको हो ।