मकवानपुर प्रहरीले ठूलो मात्रामा लागूऔषध सहित एकजना पक्राउ

(नेपाल क्राईम)                                                               मकवानपुर प्रहरीले ठूलो मात्रामा लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले सर्लाहीबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक गाडी जाँच गर्ने क्रममा शंका लागेपछि एक यात्रुको खानतलासी गर्दा अवैध लागूऔषध फेला पारेको हो।

पक्राउ परेका व्यक्ति सर्लाही मलंगवा नगरपालिका–१ भेरीआहीका २६ वर्षीय नथुनी राम रहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा फेनार्गन १९८ एम्पुल, नाम उल्लेख नभएको लागूऔषध जस्तो देखिने २९० एम्पुल र नुफिन लेखिएको स्टिकर २८४ पिस बरामद गरिएको छ।