(नेपाल क्राईम)
दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
सेनानी मिलन आचार्यको नेतृत्वमा चण्डीप्रसाद गण शान्ति सेना ११औँ डफ्फाका २११ जना सैनिकको अन्तिम टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा फोर्स रिजर्भ बटालियनको रूपमा कार्यरत अरिदमन गण शान्ति सेना दशौँ डफ्फामा कार्यरत २१३ जना शान्ति सैनिकहरू प्रमुख सेनानी महेश्वर सिलवालको नेतृत्वमा फाल्गुण १० गते नै स्वदेश फिर्ता भएका थिए ।