जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

(नेपाल क्राईम )

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विगत एक महिनायता सो क्षेत्र तनावग्रस्त बन्दै आइरहेको छ ।

केबलकार निमार्ण गर्नुपर्ने र निर्माण गर्न नहुने पक्षबीच झडपको स्थिति बन्न थालेपछि ताप्लेजुङ प्रशासनले निषेधाज्ञा जारी गरेको हो । ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम निषेधाज्ञा आदेश जारी गरेका हुन् ।