कर्णाली विकास बैंकको घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

कर्णाली विकास बैंकको घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट राष्ट्र बैंकका पूर्वअनुमगन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरेको हो।

सिआइबी स्रोतका अनुसार उनी कर्णाली विकास बैंकको अनुगमनका लागि खटिएका अधिकृत थिए।

योसँगै यस बैंकको घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ।

बस्नेतलाई काठमाडौंबाट पक्राउ गरिएको ब्युरोका एआईजी चन्द्रकुवेर खापुङले पुष्टि गरे । यसअघि सो बैंक घोटालामा संलग्न आरोपमा पूर्व अध्यक्ष पशुपति दयाल मिश्र र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका थिए ।

आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्जको हिरासतमा राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । बस्नेतलाई पनि नेपालगञ्ज पठाइने एआईजी खापुङले जानकारी दिए ।