नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीको टोली ओडिसा पुग्यो

(नेपाल क्राईम)

नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीको टोली ओडिसा पुगेको छ ।

ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युबारे जानकारी लिन र त्यहाँ अध्ययनरत विद्यार्थीको अवस्था बुझ्न प्रहरीको टोली ओडिसा पुगेको हो ।परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रकृतिको घटनाबारे नेपाल प्रहरीको टोली मंगलबार बिहानै ओडिसा पुगेको जनाकारी गराएकी छन् । उनले फेसबुकमार्फत उक्त जानकारी गराएकी हुन् ।