नेपाली गाँजा तस्कर फरार चौकीदार निलम्बित

(नेपाल क्राईम)                                                           रौतहट र बाराको सिमानासँग जोडिएको भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला, झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन् ।भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट, मौलापुर नगरपालिका, पिपरिया गाउँका २५ वर्षीय लक्ष्मी नारायण साह शुक्रबार बिहान भारतीय प्रहरीको नियन्त्रणबाट भागेका हुन् ।