(नेपाल क्राईम)
बर्दियाको ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रबाट बिहीबार बिहान एउटा बाघको बच्चालाई उद्धार गरिएको छ।
मानव बस्तीमा पसेर स्थानीयका बाख्रा खोरमा पसेर बाख्रा मारेर खाँदै गरेको देखेपछि स्थानीयले मध्यराति बर्दिया निकुञ्ज प्रशासनलाई खबर गरेका थिए।
निकुञ्जका सूचना अधिकारी शान्त मगरका अनुसार बाख्राको खोरमा पसेर बाघले चार पाँच वटा बाख्रा मारेको भन्दै स्थानीयले राति एक बजेतिर आत्तिँदै खबर गरेका थिए।
बस्तीमा पसेको बाघको उद्धारको लागि निकुञ्जले योजना बनाएर गएको र बिहान नौ बजेपछि डार्ट गरी झन्डै दुई साढे दुई वर्ष जतिको पोथी बाघको बच्चालाई उद्धार गरिएको सूचना अधिकारी मगरले बताए।