३७ डीएसपी एसपीमा बढुवा

(नेपाल क्राईम)

नेपाल प्रहरीमा ३७ जना नायब उपरीक्षकबाट उपरीक्षकमा बढुवा सिफारिस भएका छन्।

बढुवा समितिको शुक्रबार राति बसेको बैठकले अबेर प्रकाशित गरेको सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन्। त्यसपछि क्रमशः सुमीत खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट र दीपक गिरी छन्।

त्यस्तै नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ र प्रेमबहादुर शाही पनि बढुवा सिफारिसमा परेका छन्।

टेकबहादुर कार्की क्षत्री, फणिन्द्र प्रसाई, शरतकुमार थापा क्षत्री, युवराज खड्का, राजन चापागाई, किशोरकुमार श्रेष्ठ र मुकुन्दप्रसाद रिजाल पनि पदोन्नतिको सूचीमा परेका छन्।