पन्यु तताएर विद्यार्थीको गालामा डाम्ने शिक्षिक पक्राउ

(नेपाल क्राईम)

तनहुँ : पन्यु तताएर विद्यार्थीको गालामा डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।

 

 

भिमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुषमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिश परियारसहित चार जना विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्युले गालामा डामेको थापाले बताए। तातो पन्युले डामिएका विद्यार्थीको गालामा पन्युको छाप बसेको छ।अनुसन्धानका क्रममा शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेको प्रहरीको भनाइ छ। यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका छन्।