सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु

(नेपाल क्राईम)

सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको हो ।

हिजो (बुधबार) बिहान करिब ७ बजे माइलो छोरा फडिन्द्र भुजेलको गोठमा घाँस हाल्न जाँदा उनलाई भैँसीले हानेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।