(नेपाल क्राईम)
प्युठानमा नेपाली सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।
शनिबार प्युठानको मल्लरानी गाउँपालिका वडा नं.३, धरमपानी स्थित एक स्थानीयको घर नजिकै शंकास्पद बस्तु विस्फोट हुँदा ११ वर्षका बालक घाइते भएका थिए । घाइतेहरूको प्राथमिक उपचार पश्चात् थप उपचारको लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको नेपाली सेनाले जनाएको छ ।