सुकेको घाँस काट्ने क्रममा भीरबाट लडेर एकको मृत्यु

(नेपाल क्राईम)

जाजरकोटको कुशे गाउँपालिका–१ स्थित गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । कुशे–१ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको मृत्यु भएको हो ।

बिहीबार (फागुन ८) बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै उनको मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । रासस