दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा सोमबार एक कामदारको मृत्यु

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा सोमबार एक कामदारको मृत्यु हुनुको साथै अन्य घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समय अनुसार बिहान ११ः१५ बजे विस्फोट भएको हो ।घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो, तर पछि उनको मृत्यु भएको थियो ।