ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ जना रिहा

(नेपाल क्राईम)

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ जना रिहा भएका छन् ।

माघ १२ गते बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका सबै १७ मध्ये जना ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना थुनामुक्त भएका हुन् । पक्राउ  परेका उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार पक्राउ परेका सबैजनालाई रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।