(नेपाल क्राईम)
दाङको घोराहीमा सुनचाँदीका गहना चोरेको आरोपमा दुई जना र पैसा चोरेको आरोपमा एक जना पक्राउ परेका छन्।
गहना चोरीमा पक्राउ पर्ने घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय शरद विश्वकर्मा र घोराही-१४ सैनिक रोडस्थित ‘जयमा सिंह सुनचाँदी गहना उद्योग’ का सञ्चालक ६५ वर्षीय गुणराज शाक्य हुन्।
विश्वकर्माले गहना चोरेर शाक्यलाई बेचेको प्रहरीले जनाएको छ।
घोराही-१५ एकता टोलकी ३८ वर्षीया तेजकुमारी बुढाथोकीले चैत ६ गते घरमा राखेको सुनचाँदीका गहना चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्। हुलियाका आधारमा खोजी गर्दा सोमबार विश्वकर्मा पक्राउ परेका थिए। स्वरूप परिवर्तन गरेर बेचिएका सुनचाँदीका गहना बरामद गरिएको थियो।