जलेको अवस्थामा पाटेबाघ मृत फेला

(नेपाल क्राईम)

कञ्चनपुरमा जलेको अवस्थामा पाटेबाघ मृत फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनको खरको झारमा पाटेबाघ जलेर मृत अवस्थामा फेला परेको हो।

बेलडाँडी गाउँपालिका–५ गौशालाको उत्तरतर्फको खरमा आगलागी हुँदा बाघको मृत्यु भएको आशंका गरिएको छ।