(नेपाल क्राईम) मानव कंकालसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगर–१७ का विनोद रायलाई मानव कंकालसहित आज पक्राउ गरेको हो ।बिहान भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गर्दा डिउटीमा खटिएको टोलीले पक्राउ गरेको सीमामा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दाहालले जानकारी दिए ।