६९ वर्षीय पुरूषको हत्या, २ जना पक्राउ

(नेपाल क्राईम)

प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १८ माघको बिहान साढे ८ बजेतिर फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए ।

टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाएको प्रहरीले गौमुखी गाउँपालिका–५ कै ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु कुमारी न्यौपानेलाई पक्राउ गरेको हो ।हत्या आरोपितलाई २४ घण्टा पनि नबित्दै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्यालले जानकारी दिए ।