(नेपाल क्राईम) रौतहटमा सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डी कारोबारको १६ लाख बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का वर्ष ४० का शिवमंगल साह र वर्ष २३ का प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गणका प्रमुख एसपी विक्रम हुमागाईँले बताए ।भारतीय सीमासँग जोडिएको इशनाथ नगरपालिका–४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले गएराति भारतबाट नेपालतर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १६ लाख ४९ हजार दुई सय रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।