गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने तयारी

(नेपाल क्राईम)

गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले अहिलेको चापलाई मध्यनजर गर्दै प्रयोगशाला बिस्तार गर्ने प्रक्रिया अघि बढाइएको बताए ।