(नेपाल क्राईम) रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ ।न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई आइतबार एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको रुपन्देही जिल्ला अदालतका वैतनिक वकिल कृष्णप्रसाद ढकालले जानकारी दिए ।