(नेपाल क्राईम)
नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दोषी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।
विष्टलाई ४ हजार जरिवानाको फैसला भएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा मुद्दा दायर गरेको थियो।