दाङको तुलसीपुर कारागारबाट भागेका थुनुवा नेपालगन्जमा मृत फेला परेका छन् ।
जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएका हुन् ।प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।मुखमा फिँज आएको अवस्थामा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ ।