(नेपाल क्राईम)
काठमाडौंका विभिन्न ठाउँमा आज (शनिबार) दिनभर विजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्र, बूढानीलकण्ठ वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा एक घण्टादेखि आठ घण्टासम्म विद्युत अवरूद्ध हुनेछ ।
जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्यालगाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । विद्युतीय पोल स्थानान्तरणका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।