आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको मृत्यु

(नेपाल क्राईम)                                                        आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।