हायस दुर्घटना, १ को मृत्यु, १२ जना घाइते

(नेपाल क्राईम)

काठमाडौंबाट जनकपुर जाँदै माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।