प्रहरीलाई तत्काल सम्पर्क गर्न हेडक्वार्टरको सर्कुलर

जेनजीको प्रदर्शन चर्किएसँगै कार्यालय छाडेर हिँडेका प्रहरीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ ।मंगलबार प्रदर्शनकारीहरूले काठमाडौँ उपत्यकाका दर्जन बढी कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरू कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए ।कार्यालय छाडेर हिँडेकाहरूलाई प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर गर्दै भनेको छ ।