(नेपाल क्राईम)
सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ ।
रोल्पाको माडी गाउँपालिका १ भितावाङबाट सुन्तला बोकेर तुल्सीपुरतर्फ जाँदै गरेको रा१च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानी भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको हो । उक्त दुर्घघटनामा परी सोही पिकअपमा सवार तीनजना गम्भीर घाइते भएका छन् ।