हिरेन्द्र रोकाय
निलो बर्दीमा धुलो र आगो चिर्दै,
थाकेका तन, भारी मन बोकेर हिँड्दै।
देश रक्षाको वाचा गरेका वीर,
तर प्रणालीले छोड्छन् अधुरो र अधीर।
साइरन गुन्जिए पनि कोही नसुन्छ,
त्याग र बलिदान भीडमै हराउँछ।
आमाले पर्खेकी, बच्चाले रुने,
टुटेका वाचा, अपूर्ण प्रतिज्ञा दिने।
आदेश ढिला, निर्देशन अधूरो,
हिच्किचाहटले जन्मायो भय गहिरो।
वीरको रगत सडकमा पोखिँदा,
नेता मौन रातको अन्धकारमा ढाकिँदा।
यो सेवा विपन्न, तर पवित्र नै छ,
कर्तव्यमा बाँधिएका, घेराभित्र कैद छन्।
रगत बग्छ, आवाज हराउँछ,
मुलुकले दिनुपर्ने सम्मान हराउँछ।
तर पनि उभिन्छन्, घाइते अनि थकित,
प्रणालीको धोका बीच कसमलाई सम्हाल्दै।
नेपाल प्रहरी—पीडा र आँशुमा कोरिएका,
सेवा गर्छन्, तर प्रतिफल शून्य पाउँछन्।