(नेपाल क्राईम)
प्रहरीले रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।
हर्कबहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको रोल्पा प्रहरीले जनाएको छ ।