(नेपाल क्राईम)
रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–५ का ३६ वर्षीय जिते कुमार रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्पाको माडी गाउँपालिकामा–४ टुपबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर मंगलबार राति घर्तीगाउँस्थित सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।