(नेपाल क्राईम) गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशको बाँकेमा रहेका प्रहरी लगायत सुरक्षा निकायका कार्यालयहरू चाँडै कर्णालीमा सार्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकार स्थापना भएको ७ वर्ष बितिसक्दा पनि साबिक मध्यपश्चिमका प्रहरी संरचनाहरू अझै अझै बाँकेमा छन् । मङ्गलवार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै लेखकले ती कार्यालयहरू चाँडै कर्णालीमा स्थापना गर्ने बताए ।जग्गाको विषयमा प्रदेश र स्थानीय सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । गृह मन्त्रालयबाट गरिनुपर्ने कामहरू आफूले सहज रूपमा गर्ने पनि लेखकले बताए ।