९ वर्षीया बालिकामाथि जबरजस्ती करणी

(नेपाल क्राईम)

प्युठानमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार दिउँसो एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऐरावती गाउँपालिका-५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपाली रहेका छन् ।

कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।