(नेपाल क्राईम)
प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रहरी मुख्यालयको कानुन शाखाले सूचना जारी गर्दै प्रहरी नायब निरीक्षक अशोक दर्नालसहित १२ जनालाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउन भनिएको छ ।