(नेपाल क्राईम)
माछा मार्ने क्रममा तिला नदीमा डुबेर एकजना युवक बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीया भोजनबहादुर शाही तिला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज बिहान १० बजे माछा मार्नका लागि नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ । बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको भन्दै हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए ।