प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूबाट लुटिएको पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।
पक्राउ पर्नेमा कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भएर सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र बाफल बस्ने ३१ वर्षीय विराटप्रसाद जोशी छन्।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयमा तोडफोड तथा लुटपाट भएका थिए।
अनुसन्धान गर्ने क्रममा लुटिएको हतियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।