भावी आइजीपी

सरकारले रोलक्रममा रहेका चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ । विद्यमान प्रहरी नियमावलीअनुसार मन्त्रिपरिषद्ले भदौ १९ देखि लागु हुने गरी नेपाल प्रहरीका एआइजी खापुङलाई उक्त संगठनको ३२औँ आइजीपीको नियुक्त गरेको हो । दुई महिनाका लागि आइजीपी भएका खापुङले भावी आइजीपीका लागि कस्तो भूमिका निभाउछन् भन्ने कौतुहलता पैदा भएका छन् । उनी आफू रोलक्रममा रहेका कारण त्यो नमिच्न सरकारलाई सुझाव दिन्छन वा मनमौजी छाडिदिन्छन भन्ने कौतुहलता पैदा भएको छ ।भदौ १८मा ३० वर्षे सेवाअवधी पूरा गरी आइजी दीपक थापा, एआइजीहरु टेकबहादुर तामाङ र सुदीप गिरी अवकास हुँदैछन् । उनीहरु २०५२ भदौ १९ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा सँगै भर्ना भएका थिए । उनीहरुको अवकाससँगै रिक्त हुने आईजीका बारेमा त सरकारले पाँच दिन पहिल्यै निर्णय गरिदिँदा बजारमा चल्ने अनेकन शंका र अनुमानका श्रृंखला बन्द भएका छन् । यद्यपि, भावी आइजीपीको बारेमा योजना बनाउन अन्य एआइजीहरू दानबहादुर कार्की, राजन अधिकारी, सिद्धिविक्रम शाहलाई सहज भएको छ । तीनजना एआइजीहरू अहिले आफ्ना आफ्ना समूह बनाएर लविङ गरिरहेका छन् । लम्बिनी प्रदेशको सिंगो टोली दानबहादुर कार्कीलाई आइजीपी बनाउन लागिपरेको छ । कोशी प्रदेशको टोली राजन अधिकारी र कार्कीको पक्षमा विभाजित छ । सुदुरपश्चिमको टोली शाहको पक्षमा माहोल बनाइरहेको छ । एआइजी शाह आफू नै हुनेगरी अघि बढेका छन् । यदि, उनी भएनन् भने कार्कीसँग पुरानो रिस फेर्ने बेला यही हो भनेर उनी लागेको स्रोतले बताएको छ ।

भएको छ । त्यसमध्ये वर्तमान सरकारले रुचाएका एआइजी को रहेछन् र कात्तिक २७ मा आईजी पद रिक्त हुँदा बाजी मार्ने हुन् भन्ने कुराको अनुमान गर्न सकिन्छ ।

सिआइबी प्रमुखमा राजन अधिकारी र सिद्धीविक्रम शाहमध्ये एकजना हुने चर्चा छ । गृहमन्त्रीको रोजाइमा शाह छन् तर राजनलाई पठाउने प्रधानमन्त्रीले चाहेमा परिस्थिति फेरिन सक्छ । यतिबेला अधिकारीलाई प्रधानमन्त्री निकट भनेर पनि प्रचार गरिएको छ । उनी आफै भने केही बताइहेका छैनन । सिआइबीमा अहिले धेरै वटा मुद्धा रहेको र ती मुद्धामा सफल हुनेलाई आइजीपी बनाउन सकिने भन्दै तयारी थालिएको छ ।(रास्स)